आफ्नै भूमिमा भवन बनाइएको चीनको दाबी

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  २ : ०१


काठमाडौं । चिनियाँ राजदुतावासले हुम्लामा नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको प्रतिक्रया दिएको छ।

सञ्चार माध्यममा हुम्लाको लाप्चास्थित भूमीमा चीनले ९ भवन बनाएको खबर सार्वजनिक भएपछि काठमाडौंस्थित चिनियाँ राजदूतावासले कुनै विवाद नरहेको जनाएको हो।

नेपाल र चीनबीच मैत्रिपूर्ण सम्बन्ध रहेको उल्लेद गर्दै चिनियाँ दूतावासले भवनहरु आफ्नै जमिनमा बनाएको बताएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको दाबी गरेका छन्।

‘चीन र नेपाल मैत्री छिमेकी हुन्। चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छु’, विज्ञप्तिमा भनिएको छ, ‘सञ्‍चारमाध्यमले उल्लेख गरेका भवनहरू चीन-नेपाल सीमानाको चिनियाँ भूभागतर्फ रहेको प्रमाणित गरिएको छ।’

चीनले ती भवन निर्माण भएको स्थानबारे प्रमाणित गर्न पनि नेपाललाई आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्