नेपाली भूमी चीनले मिचेकोबारे सत्यतथ्य सार्वजनिक गर्न कमल थापाको माग

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ३२


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापो नेपाली भूमीबाट चिनियाँ सेनालाई फिर्ता पठाउन माग गरेका छन्।

हुम्ला स्थित नाम्खा गाउँपालिकामा अतिक्रमण गरि चिनियाँ सेनाले भवन बनाएको खबर बाहिरिएको छ।

नेता थापाले बुधबार ट्विट मार्फत हुम्लामा चिनियाँ पक्षले अतिक्रिमित गरेको भूमिबाट उनीहरुलाई फिर्ता पठाउन माग गरेका हुन।

उनले अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अबिलम्ब पहल गर्नसमेत प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमि चीनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ। यसबारे तत्काल सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु’, बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘ साथै, अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्न समेत प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान आकर्षित गर्दछु।’


प्रतिक्रिया दिनुहोस्