सिरहाका कारागारका ५९९ कैदीबन्दीमध्ये ५०७ जनामा कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ३७


सिरहा । कैदी बन्दीहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सिरहा कारागारमा अवस्था भयावह बन्दै गएको छ ।

कूल १ सय २५ कैदीबन्दी राख्ने क्षमता रहेको सिरहा कारागारमा अहिले ५ सय ९९ जना कैदी राखिएको छ ।

जसमध्येका ५ सय ७ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

एकैपटक ५०० भन्दा बढी कैदीबन्दीमा कोरोना संक्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख महतोको भनाइ छ । संक्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण जोखिम बढेको छ ।

‘कारागारमा रहेका बाँकी ९२ कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छैन’, कारागार प्रमुख महतोले भने, ‘संक्रमित कैदीबन्दीलाई कारागारमै राखिएका कारण बाँकी कैदीबन्दीमा पनि संक्रमित हुने जोखिम बढेको छ ।’

संक्रमित कैदीबन्दीलाई सुरक्षित आइसोलेसनमा राख्नुपर्नेमा सरकारबाट निर्देशन नआउँदा कारागारभित्रै राख्नुपर्ने बाध्यता रहेको उहाँको कथन छ । एकैपटक ठूलो सङ्ख्यामा कैदीबन्दी संक्रमण देखिएपछि संक्रमितलाई दिनुपर्ने रोग प्रतिरोधात्मक तथा पोषणयुक्त खानाको व्यवस्था मिलाउन समस्या भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्