कोरोना संक्रमणबाट वडाध्यक्षसहित थप ५ जनाको मृत्यु

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १२ : ५६


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो केही घण्टामा मात्रै थप ५ जनाको मृत्यु भएको छ ।

निर्वाचित वडाध्यक्ष समेत बर्दिया, ललितपुर र झापाका गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट बर्दियाको बारबर्दिया नगरपालिका–३ का वडाध्यक्षको मृत्यु भएको हो । ३९ वर्षीय वडाध्यक्ष उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार बिहान मृत्यु भएको हो ।

उनलाई भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको थियो ।

यस्तै, बर्दियाकै ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका उनको मंगलबार राति मृत्यु भएको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा पनि २ जनाको मृत्यु भएको छ ।

ललितपुरका ८० वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको हो । यस्तै, ७४ वर्षका अर्का पुरुषको बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट झापाका ८६ वर्षीय पुरुषको उपचारका क्रममा मोरङमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

झापाको भद्रपुर नगरपालिका–१० घर भएका ८६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि विराट शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा बुधबार बिहान ५ बजेर ५० मिनेटरित मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्