लामो दूरीको यात्रा गर्दा घरबाटै खाना/खाजा प्याक गरेर लैजान विभागको आग्रह

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १२ : ५४


काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीको यात्रा गर्दा घरबाटै खाना बोकेर जान आग्रह गरेको छ।

बुधबार एक विज्ञप्ति मार्फत विभागले अत्यावश्यक भएमात्रै लामो दूरीको यात्रा गर्न समेत अपील गरेको छ।

राजमार्गका होटलहरुमा खाना/खाजा खाँदा कोरोना संक्रमण हुने जोखिम उच्च रहेकाले यात्रामा हिँड्दा सकेसम्म आफैंले घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न विभागले भनेको छ।

विभागले सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजा र खाना प्याकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न विभागले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ।

यात्रु तथा बसका चालक र सहचालकले समेत तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विभागले सबैलाई आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्