पूर्व युवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गर्दै, जन्मोत्सव भब्य रूपमा मनाइने

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १० : ३०


काठमाडौं । पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको यही असोज १५ गते ४५ औं जन्मदिन भब्य रूपमा मनाइने भएकाे छ । उक्त अवसरमा विभिन्न मठमन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको बताइएकाे छ ।

जन्मोत्सवका लागि पूजाको मुख्य ब्यवस्थापक राधेश्याम थापा रहेको बताइएको छ ।

इन्दिरा अर्याल, केशरी श्रेष्ठ र उर्मिला भण्डारीको सौजन्यमा विभिन्न मन्दिरमा बाहिरबाटै पूजाआजा र अनुष्ठानहरू गरिने भएको छ ।

कोभिड–१९ का कारण मन्दिरहरू बन्द भएकाले बाहिरबाटै पूजा–अर्चना गर्न लागिएको बताइएको छ । खुलेका मन्दिरहरूमा भने भित्रै गएर पूजा गरिने छ ।

राजा र राजसंस्थाका अनन्य भक्त राधेश्याम थापाका अनुसार कमलादी गणेशथान, वसन्तपुर कुमारी घर र पशुपतिनाथलगायतका मन्दिरमा पूजाआजापछि फूल–प्रसाद निर्मल निवास पुऱ्याउने कार्यक्रम रहेको छ ।

जन्मोत्सव पूजाको क्रममा पूर्व युवराज्ञी हिमानीको सुस्वास्थ र अटल शौभाग्यको कामना गरिने भएको छ ।

हिमानी ट्रष्टकी अध्यक्षसमेत रहेकी पूर्व युवराज्ञी ट्रष्टमार्फत समाज सेवामा संलग्न छिन् ।


प्रतिक्रिया दिनुहोस्