टोखामा भूमिगत गरिएको बिजुलीको तार पड्कियो, बनाउन नसकेपछि फर्कियो टोली

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : ५४


काठमाडौं । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ ।

तार पड्किएपछि गएरातिदेखि अस्पताल र उक्त क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले रातभरि बनाउने प्रयास गरेको भएपनि मर्मत गर्न सकेन ।

बिग्रिएको ठाउँ पत्ता लगाउन नसकेपछि आज बिहानपख प्राधिकरणको प्राविधिक टोली फर्किएको छ ।

गएराति नै लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको थियो ।

तर ती स्थानमा भने उपकरण फेरेर मर्मत गरेपछि राति नै विद्युत आपूर्ति सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने काम जारी राखेको छ ।


प्रतिक्रिया दिनुहोस्