खाली पेट यस्ता खानेकुरा खाँदा बन्न जान्छ विष, के नखाने ?

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


खानपानका कारण शरीरमा धेरै खालको स्वास्थ्य सम्बन्धी समस्या देखा पर्छ । जे पायो त्यही खाँदा समस्या पर्ने र दुख पाइने भएका कारण कस्तो चीज र खाने कुरा कुन समयमा कति खाने भन्ने कुरा थाहा पाउन सकियो भने स्वस्थ्य रहन सकिन्छ ।

एक अध्ययनका अनुसार विहान खाली पेटमा खमिलो र मसलेदार खानेकुरा खाँदा स्वास्थयमा हानी पुग्छ ।  यस्ता कुरा खाँदा विषासमान हुन जान्छ ।

आज हामी यहाँ केही खानेकुरा बारे जानकारी दिँदै छौं ।

अमिलो खानेकुरा

खाली पेटमा अमिलो खानेकुरा खानु स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा आदि फल खाली पेट खानु नखान विज्ञहरु सुझाउँछन् । किनभने यी अमिला खानेकुराको कारण पेटमा एसिड बन्छ ।

सफ्ट ड्रिङ्स सेवन

खाली पेटमा कोल्ड ड्रिङस् कहिलै नलिन विज्ञहरु सुझाव दिन्छन् । किनकी यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । यसकारण पेटमा ग्यास भरिने तथा वान्ता हुने जस्ता समस्याले पनि सताउन सक्छ ।

चिसो पेयपदार्थ सेवन

खाली पेटमा भुलेर पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिङस् खाली पेटमा सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ । त्यसैले यस्ता पेय पदार्थको विकल्पमा तपाई मनतातो पानी अथवा ग्रीन टी लिनुहोस् ।

चिया–कफी सेवन

प्राय नेपालीको अपेक्षा हुन्छ, आँखा खुलेपछि कसैले बेडमा चिया ल्याईदिओस् । तर अब त्यो बानी छोड्नुहोस् । खाली पेटमा चिया र कफी पिउनु पनि तपाईको स्वास्थ्यको लागि हानीकारक हुन्छ । चिया तथा कफि पिउनाले तपाईलाई एसिडिटी पनि हुन सक्छ ।

मसालेदार खानेकुरा

एका बिहानै मसलेदार खाना खाएर जिब्रो फड्कार्ने बानी छ भने, छोडिदिनुस् । ब्रेकफास्टमा मसलेदार, स्पाईसी वा धेरै पिरो खानेकुरा खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाई अल्सर जस्ता रोगलाई निम्यात्उन सक्छ ।

अन्य केहि टिप्सहरु

घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि खानु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि अत्यन्तै घातक मानिन्छ ।
दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै भुँइकटर तरबुजा खरवुजा, काँक्रो, टमाटर, आदि कहिल्यै पनि खानु हुँदैन ।

दुधसँग दही, नून, कागती र अन्य फल मिसाएर खानु हुँदैन ।


प्रतिक्रिया दिनुहोस्