बार्सिलोना छाडेर भिडाल इटालियन क्लब इन्टर मिलान गए

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : ४८


एजेन्सी । बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् ।

इन्टरले मंगलबार भिडाललाई अनुबन्धित गरिएको जनाएको छ ।

इन्टरले भिडाललाई १ मिलियन युरोमा बार्सिलोनाबाट क्लब भित्र्याएको हो ।

बार्सिलोनासँगको सम्झौता बाँकी रहदै चिलीका भिडालले क्लब छाडेका हुन् ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो योजनामा नरहेको भन्दै भिडाललाई विकल्प खोज्न सुझाव दिएका थिए । जसको कारण भिडालले सिरी ए क्लब रोजेका हुन् ।

भिडाल बायर्न म्युनिखबाट सन् २०१८ मा बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्