म्यानचेस्टर युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : २५


काठमाडौं । म्यानचेस्टर युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।

तेस्रो चरण अन्तर्गत मंगलबार राति भएको खेलमा लुटन टाउनलाई ३–० ले पराजित गर्दै युनाइटेड चौथो चरणमा स्थान पक्का गर्न सफल भएको हो ।

युनाइटेडको जितमा ख्वान माटाले पेनाल्टी माफैत ४४ औँ मिनेटमा गोल गरी सुरुवाति अग्रता दिलाए।

८८ औँ मिनेटमा मार्कश रासफोर्ड तथा इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा म्यासन ग्रीनवूडले गोल गरेर ३–० को जित दिलाएका हुन् ।

ग्रीनवूडले रासफोर्डको गोलका लागि सहयोग गरेका हुन् भने उनको गोलका लागि ब्रुनो फेर्नान्डेसले सहयोग गरे ।

यो खेलमा गोलरक्षकका रुपमा डिन हेन्डर्सनले म्यानचेस्टर युनाइटेडबाट डेब्यु गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्