आज मिति २०७७ असोज- ०७,बुधवार । ई.सं.२०२० September- २३ । नेपाल संवत्-११४० । प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि-सप्तमी , २५:१३ बजे उप्रान्त अष्टमी,नक्षत्र-ज्येष्ठा , २४:२५ बजे उप्रान्त मूल,योग-प्रीति , ०८:४६ बजे उप्रान्त आयुष्मान्,करण-गर १४:०७ बजेदेखि वणिज , २५:१३ बजे उप्रान्त वालव,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-ध्वांक्ष,सूर्योदय-०५:५३,
सूर्यास्त-१७:५७,दिनमान-३० घडी ११ पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
लामो दूरीको यात्रा नगर्नुहोला,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,अध्ययनमा सुधार सफल भइनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,चोट पटक लाग्ने योग छ,आजको शुभ अंक २ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
साझे दारीको काममा संकट आउनेछ,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,आजको शुभ अंक १० रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
खानेकुरा मा विचार पुराउनु होला,सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,सानातिना कामको झमेला आउनसक्छ,
आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
झुटको आरोप लाग्न सक्छ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,आजको शुभ अंक ८ रहेको छ ।