व्यस्त जीवनशैली र अस्वस्थ खानपानका कारणपछिल्लो समय मानिसहरुमा धेरै खालका रोगहरु लाग्ने गरेका छन् ।
यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली, व्यायामको कमीका कारणले मानिसमा रोग बढीरहेको छ ।
जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ ।
रोगलागेपछि विभिन्न औषधिहरूको प्रयोग गरिन्छ । तर, यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा त्यसले थप फाइदा पुग्छ ।
मधुमेह भएका विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ ।
जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई पिनेर धुलो बनाउनुहोस् । त्यसपछि यो पाउडर जस्तो बन्ने छ ।
हल्का तातो पानीमा मिसाएर यसलाई पिउनुस् यसले फाइदा दिन्छ । त्यस्तै अपचमा पनि यो अचुक उपचार हुन्छ ।
जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको सरमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ ।
मधुमेह भएका मानिसले जामुनलाई औषधीको रुपमा प्रयोग गर्दा फाइदा हुन्छ । यसलाई आफ्नो खानमा नियमित रुपमा खादा निकै फाइदा हुन्छ ।
जामुनको फलमा पाइने केही रसायनले रगतमा सुगर लेबल नियन्त्रण गर्न धेरै काम गर्छ ।
मौसमी फल भएको कारण यो सधै पाउन सकिँदैन । तर यसका वियाको प्रयोग तपाईले सधै गर्न सक्नु हुनेछ ।