नेकपा बैठकको निर्णय : सरकारलाई प्रभावकारी बनाउन छिटो भन्दा छिटो सरकार पुनर्गठन

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : ५२


काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जतिसक्दो छिटो मन्त्रिमण्डल पुनर्गठन गरी सरकारको कामकारबाहीलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकमा यसबारे थप निर्णय नभएपनि सरकारको काम अझ व्यवस्थित र प्रभावकारी बनाउन छिटो भन्दा छिटो सरकार पुनर्गठन गर्नु पर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘मन्त्रिमण्डल पुनर्गठनबारे मुख्यतः प्रधानमन्त्रीले सोँच्नुपर्छ। यसबारे स्थायी समितिको सर्वसम्मत् निर्णय र अहिले सचिवालयको निर्णय पनि के हो भने सरकारको काम अझ व्यवस्थित र प्रभावकारी बनाउन छिटो भन्दा छिटो सरकार पुनर्गठन गर्नुपर्छ भन्ने हो।’

त्यस्तै बैठकले बैठकले संवैधानिक परिषद्को बैठक राखेर आयोग पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाव दिनुका साथै सो प्रक्रियामा सहभागि हुन सबै पक्षलाई अनुरोध समेत गरेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्