एकीकरणका बाँकी कामबारे ठोस प्रस्ताव १० दिनभित्र तयार पर्न ओली, प्रचण्ड र पौडेललाई जिम्मा

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : ३६


काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकता र एकीकरणका बाँकी कामहरुका बारेमा ठोस प्रस्ताव १० दिनभित्रमा तयार पार्ने निर्णय गरेको छ ।

त्यसका लागि अध्यक्षद्व केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

‘बैठकले सांगठनिक सुद्धीकरणका बाँकी कामलाई पूरा गर्न १० दिन भित्रमा ठोस प्रस्ताव पेस गर्ने जिम्मेवारी दुई अध्यक्ष र महासचिवलाई दिएको छ । उक्त प्रस्ताव आगामी सचिबालय बैठकमा प्रस्तुत गर्ने र छलफल पछि टुंगोमा पुग्ने निर्णय भएको छ’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

बैठकले पार्टी एकता , समझदारी र विश्वासलाई सुदृण बनाउनका साथै पार्टीर सरकारको सम्बन्धलाई मजवुद बनाउने सफल भएको विश्वास लिइएको प्रवक्ता श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्