शिल्पा शेट्टीमाथि सुन चोरीको आरोप !

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : १५


बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोप लागेको छ । उनीहरुविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

भारतीय मिडियकाअनुसार शिल्पा र उनका पति विरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले चोरी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् ।

लगानी कर्ता भनिएका एनआरआई सचिन जोशीले खार पुलिसमा शिल्पा दम्पतीविरुद्ध उजुरी दिएका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

एनआरआईको उजुरीमा शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको आरोप छ । अभिनेत्री शिल्पाले आरोप झुटो र आधारहीन भन्दै खण्डन गरेकी छन् । उनले आफुविरुद्ध लागेका आरोपमा सत्यता नभएको बताएकी छन् ।

उनले सत्य चाँडै बाहिर आउने पनि बताएकी छन् ।

शिल्पाले भनिन्, ‘सतयुग गोल्ड प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गर्छ। हामीले एक किलो सुन डिपोजिट पनि गरेका थियौं। बरु त्यसको पैसा सचिन जोशीले तिर्न बाँकी छ ।’ यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । थप विवरण आइसकेको छैन ।

 


प्रतिक्रिया दिनुहोस्