एनसीबीले म्यानेजरसहित ४ जनालाई सोधपुछका लागि बोलायो, के दीपिकाले प्रयोग गर्थिन् ड्रग्स ?

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : १०


अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडका अनेक मुद्दाहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।

उनको आत्महत्या नेपोटिज्मका कारण भएको विषयको चर्चा पछिल्लो समय ड्रग्स(दुव्र्यसन) सम्म आइपुगेको छ । पछिल्लो समय ड्रग्सको आइपुगेको छ । सुशान्तकी पुर्व प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा थुनामा रहेकी छन् ।

ड्रक्सर्क मुद्दामा थुनामा परेकी रियाको छानबिन चलिरहदा यता अर्की अभिनेत्री दीपिका पादुकोण पनि मुछिएकी छन् ।

उनको नाम पनि अहिले ड्रक्ससँग जोडिएकोे छ । अभिनेत्री दीपिकाले आफ्नी म्यानेजरसँग ड्रग्स मागेको मेसेज एनसीबीको टिमसम्म पुगे पछि ड्रसको मुद्दा उनीतर्फ मोडिएको हो ।

एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको छ ।

भारतीय मिडियाका अनुसार दीपिकाले आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्स मागेको मेसेज बाहिरिएको हो । म्यासेजमा दीपिकाको कोडनेम ‘डी’ र करिश्माको कोडनेम ‘के’ प्रयोग गरिएको भारतीय मिडियाको दाबी छ ।

 


प्रतिक्रिया दिनुहोस्