आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गर्ने सरकारको निर्णय

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १२ : ३१


काठमाडौं । सरकारले निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको आसन्न निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णयसँगै असोज २४ गतेका लागि तय भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिश्चित समयका लागि स्थगित भएको छ ।

सरकारले कोरोना भाइरसको महामारीका बेला निर्वाचत गर्नु उपयुक्त नहुने ठहर गर्दै स्थगित गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्