१ क्विन्टल गाँजाको भारी बोकेर खोलाको बगरमा हिँडिरहेका ४ जना पक्राउ

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ११ : ५१


हेटौंडा । १ सय ४ किलो गाँजा (लागू औषध)सहित मकवानपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो भएर गाँजाको भारी बनाएर बोकीरहेका ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भन्ने रुप खड्का, सोही ठाउँका ३० वर्षीय ३० वर्षीय टलक बहादुर घलान र राक्सिराङ गाउँपालिका–४ घर भएका २७ वर्षीय मदन कोइराला छन् ।

प्रहरीका अनुसार उनीहरु गाँजाको भारी बनाएर मनहरी गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो भएर बोकेर हिँडिरहेका थिए ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी सुनाचुरीबाट प्रहरी सहायक निरीक्षक (असई) हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई खोलाको बगरमा नै गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्