करेन्ट लागेर सोलुखुम्बुमा वडाध्यक्षको मृत्यु

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ११ : २६


सोलुखुम्बु । करेन्ट लागेर सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्षको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार करेन्ट लागेर सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको मृत्यु भएको हो ।

मंगलबार बिहान ८ः३० बजेको समयमा रड लिएर आफ्नै घरको छतमा जाँदा रडले बिजुलीको नाङ्गो तारमा छुँदा वडाध्यक्ष तामाङलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लु पु¥याइएको थियो ।

तर, अस्पतालमा उपचारकै क्रममा बिहान ९ बजेतिर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्