आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं । हिंजाे तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

तेजावी सुन पनि आज तोलामा १७ सयले घटेर ९५ हजार पुगेको छ ।

चाँदीको भाउ पनि आज ९० रुपैयाँले घटेर तोलामा १२ सय ३० रुपैयाँ कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्