काठमाडौं । मुख्यमन्त्री शेरधन राईलाइ बिगत चार वर्षदेखि आफ्नो श्रीमान भएको बताउँदै आएकी नेकपा कार्यकर्ता बालिका खड्काले अरुको उक्साहटमा आरोप लगाएको बताएकी छन्।
आज नेकपा केन्द्रीय कार्यालय सचिवहरुमार्फत दुई अध्यक्षलाई निवेदन पठाउदै उनले अरुको उक्साहटमा गलत आरोप लाएको स्वीकार गर्दै माफी मागेकी छन।
नेकपा कार्यकर्ता रहेकी ती महिलाले राई विरुद्ध जिल्ला अदालत काठमाडौंमा उजुरी समेत दिएकी थिइन्। राई र आफूसँगै बसेको तथा आफूलाई सम्पती दिनुपर्ने माग उनले राखेकी थिइन्। तर, हालै खड्काले उक्त मुद्धा फिर्ता लिएकी थिइन्।