तलब-भत्तालाई लिएर काठमाडौं विश्वविद्यालयमा विवाद

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : २९


कर्मचारीको तलब कटौती गर्ने तयारी भएपछि काठमाडौं विश्वविद्यलयमा विवाद सुरु भएको छ।

विश्वविद्यालय व्यवस्थापनले प्राध्यापक, रिसर्चर र कर्मचारीले तलब कटौती गर्ने तयारी गरेको भन्दै विवाद सुरु भएको हो ।

२८ भदौमा रजिस्ट्रार प्राध्यापक सुवोध शर्माले तलब भत्ताका सम्बन्धमा छलफल गर्न सबै स्कुललाई पत्राचार गरेका थिए।

सरकारले ६ महिनादेखि गरेको लकडाउन र निषेधाज्ञाले वैकल्पिक व्यवस्थापनमा जाँदा के–के अफ्ठ्यारो पर्छ कर्मचारी र शिक्षकबीच छलफल गरी पेस गर्न सम्बन्धित स्कुलका डिनलाई सूचनामा भनिएको थियो।


प्रतिक्रिया दिनुहोस्