बलिउडकी चर्चित अभिनेत्री करिना कपुरले आफ्नौ ४० औं जन्मदिन मनाइरहेकी छिन् ।
यहि २१ सेप्टेम्बरका दिन ४० बर्ष पुगेकी करिनाले धुमधामका साथ जन्मदिन मनाएकी छन् ।
सामाजिक सञ्जालमा करिनाले आफ्नो जन्मदिन परिवारका सदस्यसँग धुमधामका साथ मनाएको भन्दै उनको चर्चा पनि भइरहेको छ ।
उनले इन्स्टामा परिवार सहितले अन्मदिन सेलिब्रेशनको तस्बिर सेयर पनि गरेकी छन् ।
सुन्दरी अभिनेत्री करिनाको ४० औं जन्मदिनमा उनको बर्थडे केकमा ‘फ्याबुलस एट फोर्टी’ लेखिएको थियो । जसका कारण उनको थप चर्चा भएको हो ।
धेरै कलाकारले करिनालाई जन्मदिनको शुभकामना दिए । अभिनेत्री करिनाको जन्मदिनको पार्टीमा उनका आमा–बुवा, दिदी करिश्मा कपुर पनि पुगेका थिए ।