काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौं महानरपालिकामा अहिलेसम्म ५५ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिको सहरी स्वास्थ्य महाशाखाका अनुसार ५५ जनाको कोरोनाले मृत्यु भएको छ भने २ हजार ९ सय ३ जना निको भएका छन् ।
आइतबारसम्म महानागरभित्र सक्रिय संक्रमितको संख्या तीन हजार ४ सय ७७ रहेको महाशाखाले जनाएको छ ।
आइतबारसम्ममा १० हजार ८ सय २८ जनाको पीसीआर परीक्षण भएको महानगरले जनाएको छ ।
कुन वडामा कति संक्रमित ?
महानगरपालिका अनुसार वडा १५ रहेको स्वयम्भु क्षेत्रमा सबैभन्दा बढी ६ सय २७ जना संक्रमित फेला परेका छन् ।
त्यस्तै वडा नम्बर १६ बालाजु क्षेत्रमा ४ सय ४८ जनालाई संक्रमण पुष्टि भएको छ ।
महाराजगञ्ज क्षेत्र रहेको वडानम्बर ३ मा ४ सय ०८, त्रिपुरेश्वर क्षेत्रस्थित वडानम्बर ११ मा ४०२, कालिमाटी क्षेत्र अवस्थित वडानम्बर १३ मा ३६९, बागबजार क्षेत्र अवस्थित वडानम्बर २८ मा ३४९ जना संक्रमित पुगेका छन् ।
महानगरका अनुसार वडानम्बर ३२ कोटेश्वरमा ३७४, वडानम्बर २७ स्थित इनबहाल क्षेत्रमा २८४ जनामा कोरोना पुष्टि भएको छ।
कलंकी, कुलेश्वर, बल्खु रहेको वडानम्बर १४ मा ३२७, वडानम्बर १३ स्थित कालीमाटीमा ३६९ जना रहेकाे महानगरले जनाएको छ ।
बागबजार रहेको वडानम्बर २८ मा समेत ३४९, वडानम्बर १० बानेश्वरमा १७२ जनामा कोरोना पुष्टि भएको छ।