आजबाट ५ दिन देशभर वर्षा, उद्धार र राहत टिम तयारी अवस्थामा

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ३ : १३


काठमाडौं । आजदेखि ५ दिनसम्म देशका प्रायजसो सबै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

मोसम पूर्वानुमान महाशाखाले उक्त जानकारी दिएपछि राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन विभागले सरकारले सबै तयारी गरिएको जनाएको छ।

देशभर पानी पर्ने सम्भावना भएकाले सुरक्षति रहन र सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ।

संभावित घटनालाई मध्यनजर गर्दै उद्धार र राहत टिमलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जानकारी पनि गराएको छ।


प्रतिक्रिया दिनुहोस्