‘हिमचितुवा’को नामले परिचित कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको निधन

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १२ : ४१


काठमाडौं । ‘हिमचितुवा’को नामले परिचित कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ ।

शेर्पाको सोमबार बिहान १० बजेतिर काठमाडौंको जोरपाटीस्थित छोरीको निवासमा निधन भएको नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।

उनी लामो समयदेखि कलेजो र मस्तिष्कको समस्याबाट ग्रसित थिए ।

१५ वर्षको उमेरदेखि नै भरियाका रुपमा पर्वतारोहणको क्षेत्रमा काम शुरु गरेका शेर्पाले १० पटक विना अक्सिजन विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

अक्सिजनको सहाराबिना सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी शेर्पाले २ पटक गिजिन बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए ।

उनी सन् १९८३ मा पहिलोपटक अक्सिजनबिनै सगरमाथाको शिखरमा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्