भवन भत्किँदा भारतमा ८ जनाको मृत्यु

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ९ : ५५


भारत । भारतको महाराष्ट्रमा तीन तले एक भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान करिव ४ बजेतिर महाराष्ट्रस्थित ठाणे जिल्लाको भिवडी शहरको एक भवन भत्किदा अन्य २० जनाको उद्दार गरिएको छ भने अझै केहि व्यक्तिहरु पुरिएको आशंका गरिएको छ ।

मुम्बई पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भएर भत्किएको आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उक्त भवनमा २१ परिवार बस्ने गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भवन सन् १९८४ मा निर्माण भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्