बेलायतको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न !

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ००


एजेन्सी । बेलायतको सबैभन्दा ठूलो ब्याङ्क अवैध धन सार्नमा सङ्लग्न भएको खुलासा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बेलायतको एचएसबीसी ब्याङ्कले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

बेलायतको सबैभन्दा ठूलो ब्याङ्कले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्कङस्थित खातामा रकम सारेको थियो।

एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण ब्याङ्कहरूको “सस्पिसियस एक्टीभीटी रिपोर्टस“ अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ।

सार्वजनिक भएको उक्त गोप्य दस्तावेजलाई फीनसेन फाइल्स भनिएको छ।

एचएसबीसीले भने त्यस्ता गतिविधि बारे जानकारी गराउने विषयमा सधैँ आफ्नो कर्तव्य पुरा गरेको बताएको छ ।

अमेरिकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा ब्याङ्कलाई १.९ अर्व अमेरिकी डलर जरिवाना गरिए लगत्तै पछिल्लो घोटालासम्बन्धी गतिविधि सुरु भएको बताइएको छ ।

ब्याङ्कले यस्ता अभ्यासहरूलाई रोक्ने प्रतिज्ञा गरेको थियो।

घोटालामा ठगिएकाहरूका वकिलहरूले त्यस्ता खाता बन्द गर्न ब्याङ्कले समयमै पहल गर्नुपर्ने थियो भनेका छन्।


प्रतिक्रिया दिनुहोस्