भोलिबाट लगातार ५ दिन ठूलो वर्षा हुने सम्भावना : विभाग

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ४१


काठमाडौं । नेपालमा भोलिबाट लगातार ५ दिनसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आज एक विज्ञप्ति मार्फत सेप्टेम्बर २१ अथार्त भोलिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावना रहेको जनाएको छ।

मौसमबारे पूर्व जानकारी दिँदै विभागले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

आइतबार विशेष मौसम बुलेटिन जारी गर्दै विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर पश्चिमतर्फ सर्ने क्रममा आगामी ४-५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ सहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो।


प्रतिक्रिया दिनुहोस्