कपिलवस्तुमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ००


कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

महेन्द्र राजमार्ग अन्तर्गत वडा नम्बर ९ इमिलिया–डुमरामा साँझ साढे ७ बजेतिर भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही स्थानका अन्दाजी ५० बर्षीया रामधनी थारु रहेको जनाइएको छ।

पूर्वबाट पश्चिम जाँदै गरेको लु १ च ५४४८ नं.को बोलेरो जीपले विपरित दिशाबाट आउँदै गरेको लु १० प ५९२४ नंको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो।

सडकमा घाँस बोकेको साइकललाई जागाउन खोज्दा मोटरसाइकललाई जीपले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोरुसिंगेको टोली पुगेको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्