दिनेश सञ्चार गृहमा आक्रमण गर्ने मेयरका भतिजा पक्राउ

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ६ : ४१


काठमाडौं । धनगढी स्थित दिनेश सञ्चार गृहमा आक्रमण गर्ने गिरोहका नाइके पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का जीवन भनिने समिर बिक पक्राउ परेको दिनश अनलाइनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टका अनुसार बिकलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को ढुङ्गे बजारबाट पक्राउ गरिएको हो। उनी धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडका भतिजा हुन्।

बिकले नै गत भदौँ २६ गते दिनेश सञ्चार गृहमा आक्रमण गर्ने समूहको नेतृत्व गरेका थिए।

धनगढी ५ का १९ वर्षीय युवक रोशन विकको जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएपछि भदौँ २६ गते युवाहरुको समूह नाराबाजी गर्दै सेती प्रादेशिक अस्पताल पुगेको थियो।

सेती अस्पतालबाटै बिक नेतृत्वको उत्तेजित युवाहरुको समूह समाचार लेखेको भन्दै दिनेश सञ्चार गृहमा पुगेको थियो।

समाचार हटाउन दबाब दिन पुगेका बिकले ‘यिनीहरुलाई डोज पुगेको छैन्, अब थाहा हुन्छ।’भन्ने कुरा बोलेको उनैले फेसबुक लाईभ गरेको भिडियोमा सुन्न सकिन्छ।

पत्रकार माथि भएको हातपात तथा सञ्चारगृहमा भएको आक्रमणको नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाले विरोध जनाएका छन्। घटना भएको १० औं दिनमा उनी पक्राउ परेका हुन।


प्रतिक्रिया दिनुहोस्