काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६४ हजार १२२ पुगेको छ।
तेह्र दिन अघि कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
आज थपिएका सङ्क्रमितमा पुरुष ८५६ तथा महिला ४६९ रहेका छन्।
हालसम्म ४६ हजार २३३ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा ९६६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन्।
हालसम्म ९ लाख १४ हजार २९० जनाको पीसीआर गरिएको छ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, सुनसरी, मकवानपुर, चितवन र रुपन्देही रहेका छन्।
यस्तै हाल सङ्क्रमित नै नरहेका जिल्लामा रसुवा, म्याग्दी, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका छन्।
देशभर हाल १९० सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३६ सङ्क्रमितलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले बताए
प्रदेश नं १ मा ९सङ्क्रमित अति सघन कक्षमा, १ जना भेन्टिलेटरमा, प्रदेश नं २ मा १६ सङ्क्रमितको अति सघन कक्षमा, बाग्मती प्रदेशमा १२६ सङ्क्रमितको अति सघन कक्षमा तथा ३३ जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ सङ्क्रमितको अति सघन कक्षमा, प्रदेश नं ५ मा २३ सङ्क्रमितको अति सघन कक्षमा तथा २ को भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा ११ कोरोना सङ्क्रमितको हाल अति सघन कक्षमा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए।
हाल देशभर १७ हजार ४७८ जना सक्रिय सङ्क्रमित रहेका छन्।
हाल ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा तथा ८ हजार ४०७ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । संस्थागत आइसोलेसनमा प्रदेश नं १ मा ३०३, प्रदेश नं २ मा ८७३, बाग्मती प्रदेशमा ५ हजार ३३९, गण्डकी प्रदेशमा ६८९, प्रदेश नं ५ मा एक हजार २७७, कर्णाली प्रदेशमा २५५ तथा सुदूरपश्चिम प्रदेशमा ३३५ सङ्क्रमित रहेका छन्।
यसैगरी होमआइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा एक हजार २८९, प्रदेश नं २ मा ९९८, बाग्मती प्रदेशमा ४ हजार ६०१, गण्डकी प्रदेशमा ३१६, प्रदेश नं ५ मा ७५६, कर्णाली प्रदेशमा २०४ तथा सुदूरपश्चिम प्रदेशमा २४३ रहेको छ । हाल ७ हजार ४५१ ज्ना सङ्क्रमितको क्वारेन्टिनमा रहनुभएको छ ।
यस्तै हालसम्म प्रदेश नं १ मा ४ हजार १०९, प्रदेश नं २ मा १२ हजार २३३, बाग्मती प्रदेशमा १० हजार ९४१, गण्डकी प्रदेशमा २ हजार ७०९, प्रदेश नं ५ मा ७ हजार २९५, कर्णाली प्रदेशमा २ हजार ७०४ तथा सुदूरपश्चिम प्रदेशमा ६ हजार २४२ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
कहाँ कति भेटिए सङ्क्रमित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७८, प्रदेश नं २ मा ७६, बाग्मती प्रदेशमा ८३८, गण्डकी प्रदेशमा ५३, प्रदेश नं ५ मा २०९, कर्णाली प्रदेशमा ३० तथा सुदूरपश्चिम प्रदेशमा ४१ जना कोरोना भाइरसबाट सङ्क्रमितको भएका छन् । प्रदेश नं १ को उदयपुरमा १, तेह्रथुममा १, पाँचथरमा २, भोजपुरमा १, झापामा ३, मोरङमा ६३ तथा सुनसरीमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा २, पर्सामा १४, बारामा १, रौतहटमा २६, सप्तरीमा ५, सर्लाहीमा १० तथा सिरहामा १८ जनामा कोरोना देखिएको छ ।
यसैगरी बाग्मती प्रदेशको काठमाडौँमा ६०२, काभ्रेपलाञ्चोकमा २, चितवनमा १५, दोलखामा ४, धादिङमा २१, नुवाकोटमा १, भक्तपुरमा १०१, मकवानपुरमा २४, सुन्धुलीमा १, ललितपुरमा ६४ तथा सिन्धुपाल्चोकमा ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा २, तनहुँमा १, बागलुङ १, स्याङ्जामा १ तथा लमजुङमा १८ जना कोरोना सङ्क्रमितको भेटिएका छन् ।
यसैगरी प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १२, गुल्मीमा ६, दाङमा ३, नवलपरासीमा १२, पाल्पामा १२, प्युठानमा ११, बर्दियामा ६, बाँकेमा ३२, रुपन्देहीमा ११३ तथा रोल्पामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।
कर्णाली प्रदेशको सुर्खेतमा २९ तथा कालिकोटमा १ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा १२, अछाममा १० तथा बझाङमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा ७६७ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७६७ कोरोना सङ्क्रमितको थपिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका २३० महिला र ३७२ पुरुषसहित ६०२, ललितपुरका ३४ महिला र ३० पुरुषसहित ६४ तथा भक्तपुरका ४१ महिला र ६० पुरुषसहित १०१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ६१६ पुगेको छ । काठमाडौँमा १३ हजार ६१६, ललितपुरमा एक हजार ५४८ तथा भक्तपुरमा एक हजार ४५२ जना कोरोना भइरसबाट सङ्क्रमितको भएका छन् ।
१० जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष तथा ६ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या४११ पुगेको छ । प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौँका ८२ वर्षीय पुरुष तथा ४० वर्षीया, ६० वर्षीया र ६३ वर्षीया महिला, ललितपुरकी ७५ वर्षीया महिला, भक्तपुरकी ७२ वर्षीया महिला, चितवनका ८० वर्षीय पुरुष, रुपन्देहीका ६७ वर्षीय पुरुष र पाल्पाकी ४० वर्षीया महिला रहेका छन् ।
कोरोना सङ्क्रमित महिलाको मृत्यु
सप्तरी : सप्तरीको बिष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको आज राजविराजमा मृत्यु भएको छ । कोरोना सङ्क्रमितको रिपोर्ट आएलगत्तै राजविराजस्थित साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेसन केन्द्रमा पु¥याए लगत्तै मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झाले बताए।
रुघा, खोकी र ज्वरोले ग्रसित भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएकी महिलाको आज रिपोर्ट आएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको हो । अस्पतालको आकसिमक कक्षबाट स्वयम् एम्बुलेन्स चढेर गएकी उहाँलाई आधा किलोमिटरको दूरीमा रहेको आइसोलेसन केन्द्र पु¥याए पछि मृत्यु भएको चिकित्सकले बताएका छन् ।
महिलाको मृत्यु भएसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ।
जसमा दुई जना महिला छन्। मृतक महिलाको शव आइसोलेशन केन्द्रमा रहेको छ। बिष्णुपुर गाउँपालिकाको जेसीभी बिग्रिएकाले शव व्यवस्थापन गर्न समय लागेको गाउँपालिकाले जनाएको छ।
अन्य स्थानीयतहको सहयोग लिई शव उठाएपछि नेपाली सेनाले शवको व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।