डा.केसीको स्वास्थ्य अवस्था जटिल, रोगप्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : १०


काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डा गोविन्द केसीले अस्पतालमा उपचार गर्न अस्वीका गरेका छन्।

डा.केसीलाई हिजो राति प्रहरीले अनसनस्थलबाट उठाएर जर्बजस्ती अस्पताल पुर्याएको थियो। तर, उनले कुनैपनि उपचार गर्न अस्वीकार गरेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार विज्ञप्ति निकालेर डा. केसीले परीक्षण गर्न नमानेको तथा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जनाएको छ।

अस्पतालले रगतमा चिनीको मात्रा कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन थालेको, रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

शनिबार राती पौने ११ बजे उनलाई सदरमुकाम नजिकैको धर्मशालाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको थियो।

प्रतिष्ठानमा सारेपछि उनले आफूलाई जबरजस्ती रूपमा प्रतिष्ठान सारिएको तर माग पूरा गराउन कुनै चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस्