सुशान्त प्रकरण: सलमान, करण र भन्सालीसहित पाँच जनालाई अदालतमा उपस्थित हुन आदेश

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण अझै सेलाएको छैन । बरु अभिनेता सलमान खान र करण जोहरसहित ५ जना अदालत उपस्थित हुनुपर्ने भएपछि थप जटिल बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छ ।

अभिनेता सिंहको आत्महत्याको विषयमा सोधपुछ गर्न सलमान खान र करण जोहरसहित ५ जनालाई अदालतमा उपस्थित हुन आदेश दिइएको छ।

बिहार राज्यको मुजफरपुर जिल्ला अदालतले उनीहरुलाई आगामी अक्टोबर ७ मा अदालतमा उपस्थित हुन आदेश दिइएको हो।

सलमान खान, करण जोहर, सन्जय लिला भन्साली, आदित्य चोपडा तथा एकता कपुरले अदालतले तोकेको समयमा उपस्थित हुनुपर्नेछ।

मुजफरपुरका वकिल सुधिर ओझाले मुद्दा दायर गरेसँगै चर्चित भारतीय स्टारहरु अदालतमा उपस्थित हुनुपर्ने भएको हो।

ओझाले यि कलाकारकै कारण सुशान्तले आत्महत्या गर्नुपरेको दाबी गरेका छन् ।

गत जुन १४ मा सुशान्त मुम्बईस्थित फ्ल्याटमा झुन्डेको अवस्थामा फेला परेका थिए। बलिउडमा व्याप्त नातावाद र क्रिपावादका कारण सुशान्तले काम नपाएको र उनी डिप्रेसनमा गएका कारण उनले आत्महत्या गरेको भन्दै मानिसहरुले आक्रोश पोखिरहेका थिए ।

यो अभियानमा विशेषगरि अभिनेत्री कंगना रणावत लगायत रहेका छन् । रणावतले पनि बलिउडमा व्याप्त नातावादकै कारण सुशान्तले आत्महत्या गरेको बताउँदै आएकी छिन्।

कंगनाले आफ्ना अन्तर्वार्तामा चलचित्र निर्माता करण जोहर नातावाद र क्रिपावादलाई प्रश्रय दिने किसिमका व्यक्ति भएको बताउँदै आएका छन्।

भारतीय संचारमाध्यमका अनुसार एक वर्षमा सुशान्तले नातावादकै कारण ६ भन्दा बढी गुमाउनु परेको थियो।

सुशान्तलाई खेलाइने भनिएको चलचित्रमा बलिउडकर्मीका छोराछोरीलाई स्थान दिइएको आरोप लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्