काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक जारी रहेको समयमा पेरिसडाँडाबाट बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पेरिसडाँडास्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालयमा प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
नेताहरूसँग भेट्ने भन्दै उनी कार्यालय प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिएको एसपी राठौरले बताए ।
नेताहरुलाई पछि भेट्नु होला भन्दा पनि उनले नमानेपछि नियन्त्रणमा लिइएको राठौरले बताए ।
‘नेताहरूलाई किन भेट्न खोज्नुभएको हो भन्ने उहाँले केहि बताउनु भएन। सोधपुछ गरिरहेका छौं,’ उनले भने।
यसअघि खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती भएको दाबी गरेकी थिइन् ।
राईको श्रीमती भएको दाबी गर्दै उनले अंश माग गरी मुद्दा दायर गरेर उक्त मुद्दा फिर्ता लिएकी थिइन्।