मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई, जगदम्बा शान्ति ठटाललाई

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं । मदन पुरस्कार गुठीले यो वर्षको जगदम्बा-श्री पुरस्कार शान्ति ठटाललाई प्रदान गरेको छ।

यस्तै मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई अर्पण गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले सो निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्ति मार्फत जनाएका छन्।

गुठीलाई सो पुरस्कारका लागि कूल १५१ पुस्तक प्राप्त भएका थिए र ‘मदन पुरस्कार सूची २०७६’का लागि सात पुस्तक छनौट गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्