चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ३ : ०५


काठमाडौं । चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

अस्पतालका अनुसार चितवनका कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको आज १२ बजे मृत्यु भएको हो।

भदौ २६ गते श्वास प्रश्वासमा समस्या र निमोनिया भएर अस्पताल भर्ना भएका ती पुरुषको आज मृत्यु भएको हो।

उनको स्वाब परीक्षण गर्दा शनिबार (भदौ ३ गते)कोरोना पोजेटिभ देखिएको थियो। उनको अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो। विज्ञप्तिमा भदौं २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई भर्ना भएका मृतकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।

मृतकमा उच्च रक्तचापको समस्या रहेको पनि कलेजले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्