लुक्ला विमानस्थल जाने यात्रुको पीसीआर नेगेटिभ अनिवार्य

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : ४१


काठमाडौं । सोलखुम्बुको लुक्ला विमानस्थल जान सबै यात्रुको अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ चाहिने भएको छ।

हवाई जहाजमार्फत सोलुखुम्बुको लुक्ला जाँदा सबै यात्रुको पीसीआर परीक्षण नेगेटिभ हुनुपर्ने उक्त गाँउपालिकाले जनाएको छ ।


खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सबै एअरलाइन्स कम्पनीलाई पत्र लेखेर पीसीआर नेगेटिभ भएका यात्रुलाई मात्र उडान अनुमति दिन भनेको हो।

पर्यटकीय सिजनमा निकै व्यस्त हुने तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तारा, सीता र समिट एअरले उडान गर्छन् । असोज–कार्तिम महिना सगरमाथा क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण हुने महिना हुन् ।

अघिल्ला वर्षहरुमा यो समयमा दैनिक ८० भन्दा बढी उडान हुने गरेका थिए । तर यस वर्ष सुनसान भएको विमानस्थलमा सरकारले उडान खुला गरे पनि गाउँपालिकाले पीसीआर नेगेटिभ रिपोर्ट विना उडान अनुमति नदिने बताएको हो।


प्रतिक्रिया दिनुहोस्