नेकपाको बैठकस्थलमा प्रवेश गर्न खोजेपछि बालिका खड्का पक्राउ

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : १९


काठमाडौं । सत्तारुढ दल नेकपाको पेरिस डाँडास्थित पार्टी कार्यालयमा प्रवेश गन खोजेपछि नेपकपा कार्यकर्ता बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेकपाका शीर्ष नेताहरुको बैठक जारी रहेकै बेला सो कार्यालयमा प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

जर्बजस्ती बैठकस्थलमा प्रवेश गर्नखोजेपछि उनलाई नियन्त्रणमा लिए कोटेश्वर प्रहरी प्रभागमा राखिएको छ।

उनले किन बैठकस्थलमा जान खोजिन् भन्ने बारे केही खुलाइएको छैन।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग आफ्नो सम्बन्ध रहेको भनी विवादमा रहेकी बालिका खड्काले केही दिनअघि मात्र उजुरी फिर्ता लिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्