हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ०७


काठमाडौं । आज छापावाल सुनको भाउ स्थिर रहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १३३० मा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर प्रतितोला १३१५ कायम गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्