क्यानडाका पूर्वप्रधानमन्त्री जोन टर्नरको निधन

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : १९


काठमाडाैं । क्यानडाका पूर्वप्रधानमन्त्री जोन टर्नरको ९१ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९८४ मा उनी ७९ दिनका लागि मात्र प्रधानमन्त्री भएका थिए। उनले सन् १९६८ देखि १९७५ सम्म कानुन तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

तर आफ्नो लिबरल पार्टीका नेतासँगको मतभेदपछि उनले राजीनामा दिएका थिए।


प्रतिक्रिया दिनुहोस्