अर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा बोरूसियाको जित

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ६ : २२


काठमाडाैं । अर्लिङ हालाण्डले उत्कृष्ट प्रदर्शन गर्दा बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३–० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे ।

यस्तै जियोभानी रेइनाले एक गोल गरे ।खेलको ३५औं मिनेटमा जियोभानीको गोलबाट डर्टमण्डले अग्रता बनाएको थियो ।

५४औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै डर्टमण्डको अग्रता २–० को बनाए ।

त्यसपछि खेलको ७७औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को जित दिलाए ।जितसँगै डर्टमण्डले सिजनको सुखद सुरुवात गरेको छ ।

पहिलो खेलमै डर्टमण्डले महत्वपूर्ण ३ अंक जोडेको छ ।

डर्टमण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्