दुवईस्थित बुर्ज खलिफामा नेपाली झण्डा

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १० : २२


दुवईस्थित बुर्ज खलिफामा शनिबार नेपाली झण्डा झलमल पारिएको छ।

संविधान दिवसको अवसर पारेर नेपालको राष्ट्रिय झण्डा देखाइएको हो। बुर्ज खलिफा विश्वकै सबैभन्दा अग्लो टावरका रुपमा चर्चित छ।

अबुधावीस्थित नेपाली दूतावासको समन्वयमा शनिवार राति १० बजे लाइटिंगको माध्यमबाट नेपाली झण्डा फहराइएको हो।

नेपालको संविधान २०७२ असोज ३ गते घोषणा गरिएको अवसरमा आज नेपालमा पनि संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ।


प्रतिक्रिया दिनुहोस्