बेइजिङ । संयुक्त राज्य अमेरिकाको वाणिज्य मन्त्रालयले अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ।
चिनियाँ वाणिज्य मन्त्रालयकाले विच्याट र टिकटक खरिदलाई निषेधबारे प्रतिक्रिया दिँदै यो कदमले सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पुर्याएको बताएका छन।
अमेरिकाले कुनै प्रष्ट प्रमाण नभएको विषयलाई लिएर दुई चिनियाँ प्रविधि व्यवसायमाथि प्रहार गर्न खोजेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले प्रतिबन्ध अन्तर्राष्ट्रिय कानून विपरित भएको दावी गर्दै अमेरिकी लगानी वातावरणमा अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास र सामान्य अन्तर्राष्ट्रिय व्यापारिक व्यवस्थालाई प्रभावित बनाएको मनत्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा दोहोर्याइएको छ।
चीनले प्रभूत्व गतिबिधि रोक्न अमेरिकालाई ताकिता गरेको भन्दै यदि अमेरिकाले त्यसलाई निरन्तरता दियो भने चीनले आवश्यक कदम चालेर चिनियाँ व्यवसायको वैधानिक अधिकारको संरक्षण गर्ने प्रवक्ताले बताए।