उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, कुन जिल्लामा कति? (सूची)

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ४ : ३९


काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५७०, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, गत २४ घण्टामा देशभर थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

अन्य कुन जिल्लामा कति संक्रमित थपिए?

मन्त्रालयका अनुसार आज प्रदेश १ को ओखलढुंगामा ३, खोटाङमा १, झापामा ६, मोरङमा ३३ र सुनसरीमा २३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा २, पर्सामा ६, बारामा १ सय ११, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १९, सर्लाहीमा १५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १४, चितवनमा ७, दोलखामा ५, धादिङमा १३, नुवाकोटमा ४, भक्तपुरमा ३, मकवानपुरमा १८, रामेछापमा ९, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १३, गोरखामा ४, तनहुँमा ५, नवलपरासी पूर्वमा ४५, पर्वतमा २, लमजुङमा ५ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा २८, नलवपरासीमा १, पाल्पामा २, प्युठानमा १, बर्दियामा २०, बाँकेमा २० र रुपन्देहीमा १ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको दैलेखमा २ र सुर्खेतमा ३, सुदूरपश्चिमको कञ्चनपुरमा २, कैलालीमा ८, डडेल्धुरामा ३, दार्चुलामा २१ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्