कोरोनाबाट थप ५ संक्रमितको मृत्यु

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  २ : १०


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ।

ललितपुर स्थित पाटन अस्पताल र मेघा अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने वुटवलमा थप १ जनाको मृत्यु भएको छ।

ललितपुर स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पतालमा ३ र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

पाटन अस्पतालमा ललितपुरका २ जना र १ जना सर्लाहीका संक्रमितको मृत्यु भएको हो भने मेघा अस्पतालमा भक्तपुरका एक संक्रमितको मृत्यु भएको हो।

पाटन अस्पतालमा सर्लाहीका ६० वर्षीय पुरुष, ललितपुरका ६८ र ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै मेघा अस्पतालमा भक्तपुरकी ९० वर्षीय महिलाको मृत्यु भएको जनाइएको छ।

यस्तै, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा थप एक संक्रमितको मृत्यु भएको हो।

अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका-१० का ६९ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान १ बजे मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस्