प्राधिकरणमा निरन्तरताको माग राख्दै प्रदर्शन नगरिदिन कुलमानको आग्रह

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १ : २१


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट बाहिरिएका कुलमान घिसिङले कोरोनाको जोखिम रहेकाले प्रदर्शन नगर्न आग्रह गरेका छन्।

सरकारले पुननियुक्ति नगरेपछि अहिले विभिन्न समहूले उनको पक्षमा सडकमा प्रदर्शन गर्दै आएका छन्।

शनिवार एक विज्ञप्ति मार्फत कुलमानले कोभिड-१९ महामारी फैलिएको संवेदनशील अवस्थामा सडकमा प्रदर्शन नगर्न आह्वान गरेका हुन्।

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुन स् नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’ उनले भनेका छन्,‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु। ’


०७२ भदौ २९ गते घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त हुँदा मुलुक दैनिक १८ घण्टासम्मको लोडसेडिङमा थियो। पदबहाली गरेको करिब दुई वर्षमा लोडसेडिङ हटाउन उनी सफल भए। उनी अहिले जनस्तरमा लोकप्रिय छन्।


प्रतिक्रिया दिनुहोस्