हाँसाे थाम्न नसकिने जीवजन्तुका तस्बिरहरू (फाेटाेफिचर)

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १ : ०७


काठमाडाैं ।

“ओ सोले मिओ”: स्पर्मोफाइल नामक एक प्रकारको लोखर्केको तस्बिर हङ्गेरीमा खिचिएको हो
आज विद्यालय बिदाको अन्तिम दिन: सिङ्गापुरमा अप्ठ्यारो महसुस गरेको जस्तो देखिने अटर अर्थात् मलसाँप्रो
म आत्तिएको छैन: संयुक्त राज्य अमेरिकाको ओहायोमा रूखका हाँगाबिँगामा अड्किएको भए पनि शान्त भावमा एउटा र्‍याकून
रमाइलो गरौँ नः भारतमा खिचिएको यो तस्बिरमा केही लङ्गुरहरू अरूभन्दा बढी रमाएको देखिन्छ
कठिन वार्ताः इजरेलमा खिचिएको यो तस्बिरमा एउटा फ्याउरो र मूसो कुराकानी गरिरहेको जस्तो मुद्रामा देखिन्छन्
फुक्काफालः बोत्स्वानामा यो बबूनले पनि विगत दुई महिनालाई एकदमै थकाइलाग्दो मानेको होला
दिक्कलाग्दोः युगान्डाको न्याश्नल पार्कमा तस्बिर खिचिएको गहिङ्गा गोरिला
मलाई पनि देऊ न!: स्कटल्यान्डमा खिचिएको यो तस्बिरमा एउटा एट्लान्टिक पफिन चराले आफ्नो साथीसँग आहारा मागिरहेको जस्तो देखिन्छ
विलापः सन् २०२० मा हामी सबै नर्वेको स्पिट्स्बर्गको यो ध्रुवीय भालु जस्तै भएका छौँ
प्रसन्नताः क्यानरी आईलन्ड्समा खिचिएको यो स्प्यारिसोमा क्रिटन्स नामक माछाको तस्बिर देख्दा कसलाई पो रमाइलो नलाग्ला?

यो प्रतियोगिताका आयोजकहरूले चारवटा महत्त्वपूर्ण सन्देशसहित वन्यजन्तु संरक्षणलाई प्रवर्धन गरिरहेका छन्।

ती सन्देश हुन्ः स्थानीय सामग्री किन्नुहोस्, मौरी जोगाउने प्रयास गर्नुहोस्, हवाईजहाजमार्फत् गरिने यात्रा त्याग्नुहोस् र वन्यजन्तु संरक्षणका लागि प्रभावकारी हुनुहोस्।

आगामी अक्टोबर २२ मा विजेताको नाम घोषणा हुनेछ।

जनावरहरूका विभिन्न भावभङ्गीका तस्बिर यो वर्षका मुख्य प्रतिस्पर्धीका रूपमा समेटिएका थिए, तस्बिर सौजन्यः कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्ड्स।

-बीबीसी


प्रतिक्रिया दिनुहोस्