पाल्पा । पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ ।
तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
निमोनियाको समस्या रहेकी महिला तीन दिनअघि उपचारका लागि अस्पताल गएकोमा कोरोना भाइरससंग मिल्दो लक्षण देखिएपछि कलेजले पिसिआर परीक्षणका लागि श्वाब पठाएको र हिजो बेलुका उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा.राजु शाक्यले बताए ।
योसंगै पाल्पामा कोरोना संक्रमित चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यसअघि पूर्वखोला गाउ‘पालिकाका ४५ वर्षीय पुरुष, तानसेन नगरपालिकास्थित, पिपलडा‘डाकी ३० वर्षीया महिला र तानसेन नगरपालिका, टिन्टीअ‘ापका ५२ वर्षीय पुरुषको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।