विश्वमा एकैदिन ३ लाख बढी काेराेना संक्रमित थपिए,५ हजार ४ सय २४ जनाको मृत्यु

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : २४


काठमाडौं । विश्वमा एकैदिन ३ लाख १३ हजार ८ सय ७४ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ६८ लाख ५ हजार २ सय ४३ पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन कोरोना संक्रमणबाट ५ हजार ४ सय २४ जनाको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ५५ हजार ६ सय ९४ पुगेको छ ।

त्यस्तै विश्वमा दुई केरोड २३ लाख ७ हजार २ सय ९ जना संक्रमित उपचारपछि निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्